काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देश विकासको गतिमा अघि बढेको दाबी गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा मुलुक आर्थिक सङ्कटतर्फ धकेलिएको तर ओली प्रधानमन्त्री बनेपछि स्थिति सुध्रिएको दाबी गरे ।
‘प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक–कर्मचारीले तलब नपाउने अवस्था थियो, राजस्व घटिरहेको थियो, निर्माण व्यवसायीलाई कामको भुक्तानी नपाउने अवस्था थियो, उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका थिए,’ पोखरेलले भने, ‘तर अहिले ओली नेतृत्वको सरकार बनेपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ र कर्मचारीलाई तलब पाउने चिन्ता छैन ।’
उनका अनुसार कांग्रेस र एमालेले अघि सारेका नीति–कार्यक्रमकै कारण निजी क्षेत्र उत्साहित बनेको छ र लगानीमैत्री वातावरण तयार भएको छ ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया