काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो नवीनतम उत्पादन सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी (५५ इन्च) प्रदर्शनीमा प्रस्तुत गरेको छ ।

घरमै कराओकेको अनुभव दिने नेपालकै पहिलो काराओके क्यूएलईडी टिभी भएको यस टेलिभिजनलाई दर्शकहरूले अत्यधिक चासोका साथ अवलोकन गरेका छन् ।

advertisement

अटोमोबाइलमै केन्द्रित प्रदर्शनीमा पहिलो पटक कुनै नेपाली इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेको भन्दै सीजी इलेक्ट्रोनिक्सले यसलाई ऐतिहासिक उपलब्धि बताएको छ ।

सीजीको स्टलमा स्थापना गरिएको काराओके एक्सपेरियन्स जोनमा आगन्तुकहरूले आफ्ना मनपर्ने गीतहरू गाएर प्रत्यक्ष अनुभव लिएका छन् । उत्कृष्ट प्रस्तुति दिने प्रतिभाहरूलाई कम्पनीले विशेष उपहार पनि प्रदान गरेको छ ।

CG Meridia Karaoke QLED TV को प्रमुख विशेषताहरू

  • ५५” QLED 4K UHD डिस्प्ले (HDR10+, Dolby Vision, Anti-Glare)
  • इन्टिग्रेटेड सिनेमा साउन्डबार र Audio Drum Bass Engine
  • Dual Mic Input, Vocal Effects, Karaoke Song Library
  • Google TV OS, Game Mode, 120Hz Refresh Rate
  • Dual-band Wi-Fi, Bluetooth 5.0, 3× HDMI, 2× USB पोर्ट

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com