काठमाडौँ । एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।
दाङमा सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले शनिबार सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने बताए ।
पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर माओवादीले गल्ती गरेको उल्लेख टिप्पणी समेत गरे ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार











प्रतिक्रिया