काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पुनः स्थगित गरिएको छ।
दिउँसो २ बजेका लागि तय गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको पार्टीका सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्त कार्यतालिकाका कारण बैठक स्थगित गर्नुपरेको हो।
यसअघि पनि बिहीबार बोलाइएको पदाधिकारी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया