काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएर राखेका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेट गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरूले इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूसँग समेत भेट गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।

advertisement

आमा पद्मा जोशीले छोरो निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले उसको रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय पहल गर्नुपर्ने माग गरिन्।

भेटमा राष्ट्रपति पौडेलले विपिन जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com