स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ।

उनका अनुसार, शनिबार (भदौ ७) राति करिब ११ बजे थापामाथि कुटपिट गरिएको थियो । त्यसपछि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।

advertisement

प्रहरीले घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । नियन्त्रणमा लिइएकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेका चौधरीले जानकारी दिए ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com