काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले राजनीतिक विश्लेषणलाई आफ्नो कब्जामा राख्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत टिप्पणी गर्दै उनले पछिल्लो समय केही व्यक्तिहरूले राजनीतिक विश्लेषणलाई व्यक्तिगत प्रचार र प्रतिस्पर्धाको मैदान बनाएको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, “केही मानिसका राजनीतिक विश्लेषण, संश्लेषण र त्यसको नित्य दोहोरिएको ‘एकल भजन प्रतियोगिता’ जस्तो बजारीकरण देख्दा अचम्म लाग्छ।”

यस्तै गर्दै बाँस्कोटाले थपे, “उनीहरू आफैं प्रश्न सोध्ने, आफैं जवाफ दिने, आफैं नतिजा निकाल्ने र अन्ततः आफ्नै जित घोषणा गर्ने अभ्यासमा छन्। समाज र राजनीति अलग्गै बाँच्दैन भन्ने कुरा ‘सिङ विनाका तिखेहरू’ ले बुझ्नुपर्छ।”

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com