काठमाडौँ । काठमाडौँको डल्लु क्षेत्रमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन्। स्थानीयले घर नजिकै बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोली घटनास्थलमा पुगेपछि उनलाई मृत फेला पारिएको पुष्टि गरेको छ। डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया