काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाजलाई काल्पनिक विषय मात्रै भएको बताएका छन्।

नेपालमा शान्ति निर्माणका चुनौती विषयक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उनले “जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि हुन्छ” भन्दै द्वन्द्वलाई व्यवस्थापन गर्ने मुख्य आधार सम्झौता हुने बताए।

advertisement

उनका अनुसार पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा विभिन्न तहका द्वन्द्व सिर्जना गरिरहेको छ। पालिकाबीच प्राकृतिक स्रोतसाधन र सीमासम्बन्धी विवाद बढेको उल्लेख गर्दै उनले उत्पन्न र सम्भावित द्वन्द्व दुवैलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए।

लेखकले विस्तृत शान्ति सम्झौता (२०६३ मङ्सिर ५) ताका वार्ता समितिमा रहेर सशस्त्र द्वन्द्वलाई अन्त्य गरिएको अनुभव पनि साझा गरे। उनका अनुसार हिंसात्मक समाजलाई शान्तिपूर्ण रुपान्तरण गरिए पनि समाज रहुञ्जेल द्वन्द्व रहनेछ।

उनले विद्यालय, विश्वविद्यालय, सडक र पुल निर्माण जस्तै संविधान निर्माण पनि देशको स्थायित्वसँग प्रत्यक्ष जोडिएको बताए। “नेपाल संसारका विरलैमध्येको देश हो, जसले सात दशकमा सात संविधान बनायो,” भन्दै उनले २०७२ सालमा जारी सातौँ संविधान मुलुकको अस्थिरता र द्वन्द्वको मापन गर्ने आधार बनेको टिप्पणी गरे।

 

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com