काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको मौलिकता र सांस्कृतिक पहिचानलाई जोड्दै ल्याउने बताएका छन्।

नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस एकाइ समितिले शनिबार क्याम्पस परिसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा बोल्दै उनले तीजलाई महिलामात्रको पर्व नभई समाजलाई अनुशासन, मर्यादा र आस्थासँग जोड्ने साझा पर्वका रूपमा लिनुपर्ने बताए।

advertisement

मन्त्री खड्काले विद्यार्थीलाई धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्न आह्वान गर्दै भने, “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाएको आकार लिन्छ, विद्यार्थी पनि आज आफैंलाई जसरी तयार गर्छन्, त्यसैअनुसार भविष्य निर्माण हुन्छ।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुङ्गेलले तीजजस्ता पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन योगदान पुर्‍याउने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सांस्कृतिक विविधता उजागर गर्न यसले अवसर दिने बताए।

पशुपति क्याम्पसका प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अघि बढ्नुपर्नेमा जोड दिए।

नेविसंघ एकाइ समितिका अध्यक्ष सरोज लिम्बूले तीज अब सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताएका छन्।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com