काठमाडौं । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले आठराई गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
सांसद भट्टराईले आइतबार प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै आक्रमणमा संलग्नलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाउन आग्रह गरे।
शनिबार बेलुकी ताप्लेजुङ सदरमुकाम तोक्मेडाँडामा जिल्ला कमिटी बैठक सकेर गाउँ फर्कने क्रममा सेन्दाङमाथि आक्रमण भएको थियो। घाइते भएका वडाध्यक्षलाई झापास्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ।
भट्टराईले घटनाको निन्दा गर्दै सर्वसाधारणको शान्ति–सुरक्षामा खलल पुर्याउने अराजक गतिविधि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार












प्रतिक्रिया