काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई लिएर भावनात्मक र तथ्यविहीन विरोध भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमसीसी कार्यान्वयनसँग अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरे।

पाण्डेले भने, “म के कुरामा सहमत छैन भने एमसीसी नेपालमा कार्यान्वयन हुँदा अमेरिकी सैनिक अड्डा बस्ने भन्ने कुरा पूर्ण रूपमा गलत हो। अहिलेसम्म एमसीसी अफिस संचालनमा आएको छ, तर कुनै सैनिक अड्डा स्थापना भएको छैन। कोलोनाइजेशनको तर्क त कहाँ छ?”

advertisement

उनी नेपालको छिमेकी देशहरूसँगको कूटनीतिक सम्बन्धमा स्पष्टता नहुँदा नेपालले हरेकपल्ट घाटा बेहोर्ने अवस्था आएको पनि बताए। पाण्डेका अनुसार, राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिन वा नलिन निर्णय गर्नु उपयुक्त हुन्छ।

उनले एमसीसी परियोजना र चीनको बेल्ट एण्ड रोड इनीसिएटिभ (BRI) दुवै नेपालको विकास र समृद्धिका लागि अपरिहार्य रहेको उल्लेख गरे। “हामीले चीन जोगाउन अमेरिका रोक्ने होइन। हाम्रो विश्लेषण र निर्णय देशको वास्तविक हितमा आधारित हुनु पर्छ। अमेरिकाको पहुँच मात्र नेपालबाट चीनमा पुग्ने भन्ने कुरा सत्य होइन,” उनले भने।

पाण्डेले नेपालको कूटनीतिक निर्णयहरू र परियोजनाको मूल्याङ्कन गर्दा भावनात्मक बहसभन्दा स्पष्ट, तथ्य र राष्ट्रहितमा आधारित दृष्टिकोण अपनाउन आवश्यक रहेको जोड दिए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com