काठमाडौं ।  नेकपा (एमाले) का पूर्व नेता डा. भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको आर्थिक विकासको नाममा अमेरिकी राजनीतिक, सुरक्षा र आर्थिक रणनीतिको हिस्सा भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. रावलले नेपालको संविधानले कुनै पनि सामरिक गठबन्धनमा सहभागी हुन नपाउने व्यवस्था गरेको भन्दै एमसीसी सम्झौता पारित गर्नु राष्ट्रहित र संवैधानिक रूपमा गलत भएको बताए।

advertisement

उनले भने, “एमसीसी परियोजना आर्थिक र विकासको आवरणमा आएको भए पनि यो अमेरिकी विदेश नीति र सुरक्षा रणनीतिको अभिन्न अंग हो। २३ वर्षअघि नै अमेरिकी राष्ट्रपतिले यसलाई अमेरिकी सुरक्षा रणनीतिको अंग बनाइएको घोषणा गरेका थिए।”

डा. रावलले सम्झौताका प्रावधानहरूले नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानमाथि गम्भीर प्रभाव पार्ने उल्लेख गरे। उनले दाबी गरे, “सम्झौतामा प्रष्टै लेखिएको छ, यदि नेपाल सरकारको कुनै निकायले अमेरिकाको राष्ट्रिय सुरक्षा हितविपरीत कदम चाल्यो भने परियोजना एकतर्फी रूपमा रद्द हुन सक्छ। यो अत्यन्त संवेदनशील विषय हो।”

त्यसैगरी, उनले सरकारले एमसीसीसँग सम्बन्धित दर्जनौं अन्य समझदारीहरू अझै सार्वजनिक नगरेको भन्दै पारदर्शितामाथि प्रश्न उठाए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com