काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार नगरी भ्रष्टाचार अन्त्य गर्न सकिँदैन भन्दै तत्काल सुधार आवश्यक भएको बताएकी छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्नेमा जोड दिइन्। उनले भनिन् कि प्रणाली शुद्ध नगरे पछाडि परेका महिला, दलित, मुस्लिम, विभिन्न समुदाय र वर्गलाई अघि बढाउन असम्भव हुन्छ।
उपाध्यक्ष राईले सरकारले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार गरेको विधेयक छिटो अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, “निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचार कहिले पनि अन्त्य गर्न सकिँदैन। यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ।”
उनले स्थानीय तहमा प्रमुखहरूको पटक-पटक एउटै व्यक्तिलाई बढाउने प्रवृत्ति रोक्नुपर्ने पनि सुझाइन्।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया