काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही–३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई पार्टीमा भित्र्याएको छ। चौधरी अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही–१ बाट उम्मेदवार बनेका थिए।

गत निर्वाचनमा रुपन्देही–१ बाट चौधरीले १३ हजार ९६२ मत पाउँदै चौथो स्थान हासिल गरेका थिए। आइतबार पार्टी प्रवेश गराउँदै अध्यक्ष डा. सीके राउतले उनलाई रुपन्देही–३ उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउने घोषणा गरे।

advertisement

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार, उपनिर्वाचनमा उम्मेदवार बनाउने उद्देश्यका लागि थारु समुदायका प्रतिनिधि चौधरीलाई पार्टीमा प्रवेश गराइएको हो।

यसअघि संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, नाउपाभित्रको विवादका कारण उक्त दल दर्ता हुन सकेन।

जनमतले यसअघि नै स्पष्ट पारेको थियो कि उपनिर्वाचनमा नाउपालाई प्रत्यक्ष समर्थन गर्न सक्दैन। यसपटक पनि पार्टीले स्वतन्त्र रूपमा आफ्नो उम्मेदवार उतार्दै चुनावी प्रतिस्पर्धामा लाग्नेछ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com