काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले आगामी दिनमा अझ सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आइतबार विपिनका आमा र बहिनीसँग मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री राणाले जोशी परिवारले सरकारद्वारा भइरहेका प्रयासप्रति आभार व्यक्त गर्दै निरन्तर पहल गर्न आग्रह गरेको जानकारी दिइन्।

advertisement

फेसबुकमार्फत भेटबारे जानकारी दिँदै मन्त्री राणाले लेखेकी छन्, “इजरायलबाट फर्केपछि आज उहाँहरूले मलाई भेटेर विपिनको अवस्थाबारे जानकारी गराउनुभयो। मैले पनि सरकारले विपिनको रिहाइका लागि गरेका र जारी राखेका कूटनीतिक प्रयत्नबारे अवगत गराएँ। उहाँहरूको आग्रहअनुसार सरकारले अब थप प्रभावकारी पहल गर्नेछ।”

सरकारले यसअघि इजरायलस्थित नेपाली दूतावासमार्फत समेत विपिनको सुरक्षित रिहाइका लागि पहल गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com