काठमाडौँ । हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर विपिनको छिटो रिहाइका लागि सरकारलाई थप सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
जोशी परिवार हालै विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल पुगेका थिए। त्यहाँको भ्रमण सकेर फर्किएलगत्तै उनीहरूले परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग भेट गरेका हुन्।
भेटमा मन्त्री राणाले सरकार निरन्तर कूटनीतिक पहलमा रहेको उल्लेख गर्दै आगामी दिनमा विपिनको सुरक्षित रिहाइका लागि अझ सशक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया