रुस र युक्रेनले आइतबार १४६ जना युद्धबन्दीलाई फिर्ता पठाएको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

मे र जुलाईको बीचमा इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच तीन चरणको वार्ताको एक मात्र ठोस परिणाम भनेको ठूलो परिमाणमा कैदी आदानप्रदान गरिनु हो ।

advertisement

सन् २०२२ मा रुसको आक्रमण सुरु भएयता टर्कीले रूसको आक्रमणको आलोचना नगरी परोक्षरूपमा युद्धमा समर्थन गरेको आरोप पश्चिमी राष्ट्रहरूले लगाएका छन् । तर टर्कीले युद्धमा आफु तटस्थ रहेको बताउँदै युद्धविराम र शान्ति वार्ता गर्न मध्यस्थताका प्रयासहरू गरिरहेको छ।

रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “अगस्ट २४ मा १४६ जना रुसी सैनिकलाई किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ।”

त्यसको बदलामा युक्रेनी सशस्त्र बलका १४६ जना युद्धबन्दीलाई युक्रेनमा स्थानान्तरण गरिएको छ ।

रूसले भनेको छ, “किएभले गैरकानुनी रूपमा हिरासतमा लिएका कुस्र्क क्षेत्रका बासिन्दासहित रुसी महासङ्घका आठ जना नागरिकलाई पनि आदानप्रदानको एक भागको रूपमा फिर्ता गरिएको छ।”

युक्रेनी सेनाले गत वर्षको अगष्टमा रुसको कुस्र्क क्षेत्रमा अचानक आक्रमण गरी सयौँ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको थियो ।

रुसले आफ्नो सहयोगी उत्तर कोरियाबाट हजारौँ सैनिक तैनाथ गरपनि अप्रिलसम्म उक्त क्षेत्रमा पूर्ण रुपमा नियन्त्रण कायम गर्न सकेको थिएन ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com