काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) का महासचिव चन्दबीच भेटवार्ता सम्पन्न भएको छ । प्रचण्ड विशेष रूपमा विप्लवको निवास हरिसिद्धी पुगेर उक्त भेटवार्ता गरेका हुन् ।

भेटमा दुबै नेताबीच वर्तमान राजनीतिक परिस्थिति तथा दुई पार्टीबीच एकताको सम्भावनाबारे गहन छलफल भएको बताइएको छ ।

advertisement

यसअघि गत साउन १६ देखि १९ गतेसम्म बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन विशेष समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com