काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमि सम्बन्धी केही ऐन संशोधन विधेयकको विरोधमा आजदेखि देशव्यापी सहरकेन्द्रित आन्दोलन सुरु गरेको छ । जसपा नेपालले भदौ १५ गतेसम्म देशभर प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
पार्टीका अनुसार प्रस्तावित विधेयकमा हदबन्दी छुटको दुरुपयोग हुने, अव्यवस्थित बसोबासीलाई अनियमित रूपमा जग्गा बाँडफाँड गर्ने व्यवस्था रहेको र यसले चुरे क्षेत्रको संरक्षणमा गम्भीर असर पार्ने भएकाले आन्दोलन अपरिहार्य बनेको हो ।
जसपा नेपालका नेता दीपक कार्कीका अनुसार आन्दोलनका लागि यसअघि नै जिल्ला र प्रदेश तहमा सर्कुलर पठाइसकिएको छ । उनले भदौ १५ सम्मको आन्दोलनपछि सरकार वार्तामा आउँछ भन्ने विश्वास व्यक्त गर्दै, माग वेवास्ता भए परिस्थिति थप जटिल बन्न सक्ने चेतावनी पनि दिए ।
उनका भनाइमा, “यदि सरकारले यस अवधिसम्म हाम्रो आवाज सुनेन भने सडक र सदन दुवैमार्फत आन्दोलनलाई निरन्तरता दिनेछौँ ।”
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया