काठमाडाैं । पोखराको आर्बामा सोमबार बिहान एक नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
आर्बाबाट पोखरा तर्फ आउँदै गरेको ग १ख ४०२७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि तत्कालै स्थानीयवासी र वडा कार्यालयले उद्धार कार्य सुरु गरेका थिए।
वडाध्यक्ष किरण बरालका अनुसार सबै घाइतेको उद्धार भइसकेको छ र कुनै पनि यात्रुको अवस्था गम्भीर छैन। “दुर्घटना भएलगत्तै हामीले आफ्नै गाडी र दुई वटा एम्बुलेन्स प्रयोग गरेर घाइतेलाई अस्पताल पुर्यायौं, ठूलो क्षति हुन पाएन,” बरालले बताए।
घाइतेमध्ये चार जनालाई उपचारपछि घर फर्काइएको छ भने अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार












प्रतिक्रिया