काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भएको भेटघाटलाई प्रचण्डको ‘छटपटी’ को संज्ञा दिएका छन्।
विप्लव निवासमै पुगेको प्रचण्डको भेटघाटसम्बन्धी तस्बिर सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी गर्दै भने, “जनार्दन शर्माको खुलेआम चुनौतीबीच प्रचण्ड आफैं विप्लवको घर पुगेका छन्, महासचिव बन्न प्रस्ताव गरेको भन्ने समाचार आएको छ। यो उनको छटपटीको संकेत हो।”
उनले प्रचण्ड पहिलो पटक पार्टीभित्र वास्तविक चुनौतीको सामना गरिरहेको दाबी गर्दै थपे, “३७ वर्षदेखि डण्डा चलाएर अध्यक्ष बन्दै आएका प्रचण्ड अहिले घेराबन्दीमा परेका छन्। अबको राजनीतिक खेल साँच्चै हेर्न लायक हुनेछ।
यसअघि तस्बिर फरक पर्न गएकाेले सच्चाइएकाे छ – सम्पादक
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया