काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा समुदायस्तरमै हैजाको संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तह सबै गम्भीर बनेका छन्।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि नै वीरगञ्जमा खटिएको छ। टोलीले प्रभावित क्षेत्रमा अनुगमन गर्दै नियन्त्रणका गतिविधि नजिकैबाट समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

advertisement

सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगरका प्रतिनिधिहरू सहभागी भए। कार्यक्रममा मेयर राजेशमान सिंहले हैजालाई व्यापारिक रूपमा प्रयोग नगर्न चेतावनी दिँदै औषधि तथा परीक्षण सामग्री वितरणमा ‘एकद्वार नीति’ अपनाउन निर्देशन दिए।

सिंहले निजी अस्पतालहरूले परीक्षण किट बिक्री गर्ने प्रयास देखिएको भन्दै सरकारले नै निःशुल्क किट उपलब्ध गराउने स्पष्ट पारे। त्यस्तै, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले उपचारका लागि सरकारी स्वास्थ्य संस्थालाई मुख्य केन्द्र बनाउनुपर्ने बताउँदै निजी अस्पतालहरूले पनि समान मापदण्डअनुसार सेवा दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com