काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीको अवस्थामा रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी मात्र नभई मुलुककै राजनीतिक परिदृश्य सबै दलका लागि चुनौतीपूर्ण बनेको टिप्पणी गरे। उनका अनुसार यस्तो अवस्थामा नेताहरूले सार्वजनिक कार्यक्रममा सकारात्मक सन्देश दिँदै जनतासँग जोडिनुपर्नेछ।
अध्यक्ष नेपालले पार्टीभित्रका आन्तरिक समस्या कमिटीमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठन निर्माणलाई तीव्रता दिन नेताहरूको कामकाजको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए। उनले कार्यकर्तालाई पार्टी सिद्धान्तप्रति दृढ रहन निर्देशन दिंदै नकारात्मक प्रचार वा पार्टीलाई कमजोर पार्ने प्रवृत्तिलाई कुनै हालतमा सहन नहुने चेतावनी पनि दिए।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया