काठमाडाैं । रौतहटको गौर नगरपालिका-२ महादेवपट्टि शनिबार सुटकेसभित्र महिलाको शव फेला परेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फेला परेको शव २६ वर्षीया रूवीकुमारी साहको रहेको छ। साह भारतमा विवाह भइसकेकी थिइन् र छोरालाई पढाउन माइतीमै बस्दै आएकी थिइन्। घटना शंकास्पद देखिएपछि प्रहरीले रातभरि अनुसन्धान गरेको थियो।

advertisement

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार आरोपीको पहिचान खुलिसकेको छैन, तर शव ओसारपसारमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा अनुमान गरिएको छ कि हत्या घटना करिब तीन किलोमिटरको दुरीमा भएको र पछि शव टेम्पोमा राखेर फेला परेको स्थानमा पुर्‍याइएको हुनसक्छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले अनुसन्धान प्रगतिमा रहेको र अन्य व्यक्तिहरूमाथि पनि सोधपुछ जारी रहेको बताए।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com