काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रको नयाँ कविता सङ्ग्रह ‘माथिको आदेश छ’ सार्वजनिक हुन लागेको छ । यो कविता सङ्ग्रह भदौ २८ गते लोकार्पण गरिने भएको हो।

मिश्रका अनुसार पुस्तकमा समेटिएका कविताहरू उनले ५० दिनको प्रहरी हिरासतको अनुभवकै बीचमा लेखेका हुन्। “यी कविता मेरो हिरासत जीवनका आवाज, आवेग र आर्तनाद हुन्,” मिश्रले बताएका छन्।

advertisement

उनले भने, “५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन्। विचार आउनु सामान्य कुरा हो, तर त्यो विचार कविता बनेर अभिव्यक्त हुनु असामान्य हो। हिरासतमा निरन्तर रूपमा कविता फुरिरहे र म तिनलाई शब्दमा उतार्न सक्षम भएँ।”

मिश्रले यसअघि यति छोटो अवधिमा यति धेरै कविता कहिल्यै लेखेको अनुभव नभएको बताए। “कतिपय दिनमा मैले दुई वटा कविता पनि लेखेको रहेछु,” उनले स्मरण गरे।

‘माथिको आदेश छ’ मिश्रको दोस्रो कविता सङ्ग्रह हो। यसअघि उनको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशित भएको थियो। नयाँ कृति फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याउन लागेको हो।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com