काठमाडौं ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक–लिम्पियाधुरा विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणलाई स्वर्णिम अवसर भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै बास्कोटाले भारत र चीन दुवैले नेपालको महत्वलाई बेवास्ता गरेको विषय नेपालका नेता र कूटनीतिज्ञले बुझ्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा लिपुलेक विवादबारे ढुक्कले कुरा गरेर समाधान निकाल्न सक्ने विश्वास व्यक्त गरे।

advertisement

“अरु नेतामा यस्तो दम छैन,” भन्दै बास्कोटाले प्रधानमन्त्रीको कूटनीतिक पहल नै निर्णायक हुने दाबी गरेका छन्। उनले चिनियाँ उखान स्मरण गर्दै मिचाहालाई एक इन्च मिच्न दिए एक माइलसम्म मिच्ने चेतावनी समेत दिएका छन्।


लिपुलेकबारे प्रधानमन्त्रीले ढुक्कले कुरा गर्नुहुनेछ, अरु नेतामा यस्तो दम छैन- गोकुल बास्कोटा

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com