खाँदबारी । खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
 गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठूलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा ठप्प भएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालले जानकारी दिए । उनका अनुसार तत्कालै इन्टेक सफा गरिएको भए पनि ठूलोमात्रामा जम्मा भएको हिलो र फोहर हटाउन समय लागेकाले खानेपानी वितरण सुरु नभएको हो ।
उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका छन् । दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरु पुराना कुवा र धारामा निर्भर भएका छन् । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com