काठमाडौँ । वीरगञ्ज महानगरमा हैजा संक्रमित हुनेको संख्या बढ्दै गएको छ। सोमबारसम्म कुल संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

आइतबार बेलुकीसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा सोमबार थप २२ जना संक्रमित भेटिएका हुन्। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ३४४ जना झाडापखाला तथा हैजाका बिरामी अस्पताल पुगेका छन्। जसमध्ये १६६ जना उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

advertisement

अस्पतालवार विवरणअनुसार नारायणी अस्पतालमा आरडिटी परीक्षणमा ३२ जनामा कलेरा पुष्टि भएको छ। तराई अस्पतालमा ३२, नेशनल मेडिकल कलेजमा १२, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा संक्रमण भेटिएको छ। अर्ली अर्थाे अस्पतालमा दुई जना संक्रमित फेला परेका छन्।

यस्तै नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा पनि एक–एक जना हैजा संक्रमित भेटिएका छन्।

अहिलेसम्म अस्पतालमा रहेका बिरामीमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा र १२२ जना सामान्य वार्डमा उपचाररत छन्।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com