काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले किसानहरू उखुको बोटसहित सडकमा उत्रनु अत्यन्त दुःखद अवस्था भएको बताए।

कोइरालाले सोमबार एक कार्यक्रममा सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “खेती गर्ने बेला मल नपाउने, उपलब्ध मल किन्न किसानहरू लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, प्रमुख नगदेबाली उखुमा भुक्तानी नपाउने, कहिले अनुदान कटौती हुने-यस्ता परिस्थितिमा देश कसरी खाद्यान्नमा आत्मनिर्भर हुन्छ ?”

advertisement

कृषिलाई सरकारले प्राथमिकतामा राखेको दाबी केवल किताब र भाषणमा मात्र सीमित नभई व्यवहारमा लागू गर्नुपर्ने कोइरालाले बताए। उनले किसानको माग सरकार तुरुन्तै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आन्दोलनरत किसानसँग संवेदना प्रकट गरे ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com