काठमाडौँ । नेकपा एमालेको भदौ १३ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले पूर्वनिर्धारित बैठक स्थगित भएको जानकारी दिएका छन्। तर बैठक स्थगित भएको औपचारिक कारण पार्टीले अहिलेसम्म सार्वजनिक गरेको छैन।
स्रोतका अनुसार, बैठक स्थगित हुनुको प्रमुख कारण प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको विवाद हुनसक्ने अनुमान गरिएको छ। भण्डारीले पछिल्ला दिनमा ओलीको सदस्यता नवीकरण रोक्ने कदमप्रति असन्तुष्टि जनाउँदै आएका छन् भने ओलीले पनि भण्डारीको राजनीतिक सक्रियतामा आलोचना गर्दै आएका छन्।
पार्टीभित्रको यस विवादले आगामी विधान महाधिवेशन र केन्द्रीय निर्णय प्रक्रियामा असर पर्ने देखिन्छ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया