काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले केन्द्रीय समितिमा पेश गर्ने तयारी गरेको प्रतिवेदनलाई संस्थापनले निस्तेज पार्ने रणनीति अख्तियार गरेको छ।
भदौ १३ गतेका लागि तोकिएको केन्द्रीय समिति बैठक स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले ल्याउने भनिएको प्रतिवेदन अब विधान महाधिवेशनका क्रममा सिधा महाधिवेशन हलमा पेश हुने तयारी गरिएको छ।
प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय र त्यसमा राखिएको फरक मतलाई अन्तरपार्टी निर्देशनमा समावेश नगरेको विषयलाई उजागर गरिएको छ। साथै प्रतिवेदनमा नेपाल कम्युनिस्ट आन्दोलनका प्राणदाता मदन भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद” कमजोर पार्ने प्रयास संस्थापन पक्षबाट भएको उल्लेख गरिएको छ।
भण्डारीले च्यासलको ढोका बन्द भएपछि थापागाउँमा सम्पर्क कार्यालय खोल्दै राजनीतिक गतिविधि जारी राखेको समेत प्रतिवेदनमा समावेश हुने बताइएको छ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया