काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हिन्दीस्थितमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

शनिबार दिउँसो तातोपानीबाट बाह्रबिसेतर्फ गइरहेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

advertisement

दुर्घटनामा चालक सर्लाहीको बरथहवा नगरपालिका–२ का राजेश कुमार कुसहवा र रौतहटको बौधिमाई नगरपालिका–१ का २५ वर्षीय रामप्रवेश महतो बेपत्ता भएका छन्।

घटनापछि प्रहरी चौकी हिन्दीका प्रहरी निरीक्षक नवराज नेपालको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा दुई जना गरी चार जनाको टोली परिचालन गरिएको हो।

स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा गाडी तानेपछि एक जनाको शव नदीमा बगाएको प्रहरीले जनाएको छ। हाल दुवै बेपत्ताको खोजी कार्य जारी छ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com