वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।
केही समय अघि मात्रै जिम्मेवारीमा आउनुभएका सुवेदीले पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । ्“हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म  यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”
प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए । उनले भने, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com