एजेन्सी।  अष्ट्रेलियाले गत बर्ष सिड्नी र मेलबर्नमा भएका यहुदी–विरोधी हमलामा इरानको संलग्नता रहेको आरोप लगाउँदै दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

गत वर्ष सिड्नीको एक रेस्टुरेन्ट र मेलबर्नको यहुदी प्रार्थनाघरमा भएका हमलाको विषय उठाएर अष्ट्रेलियाल इरानी अधिकारीलाई देश निकाला गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ । केही समयअघि अष्ट्रेलिया सरकारले इरानका राजदूतलाई बोलाएर दुई कूटनीतिज्ञलाई निष्काशन गरिने जानकारी दिएको थियो ।

advertisement

त्यस्तै, अष्ट्रेलियाले इरानमा रहेका आफ्ना कूटनीतिज्ञलाई पनि फिर्ता बोलाएको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आन्तरिक गुप्तचर निकायको सूचनाका आधारमा ती हमलामा इरानको संलग्नता भेटिएको बताएका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com