काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ की मिठुमाया सुनारको घर बनाइदिने भएको छन्।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गरेका उनले मनहरी गाउँपालिकामार्फत रु दुई लाख हस्तान्तरण गरेका छन्।

advertisement

करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाउन लागिएको हो।

मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको उनले बताए।

मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताए।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com