काठमाडौं । वर्तमान सरकारलाई कामचलाउ घोषणा गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
अधिवक्ता वीरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति र जसपा नेपालले समर्थन फिर्ता गरेको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा भदौ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि भदौ ११ गतेको मिति तोकेको थियो।
निर्धारित दिन बुधबार न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस सम्पन्न भएको हो। अन्तरिम आदेशका लागि सुनुवाइ सकिए पनि आदेश भने अझै जारी भएको छैन।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया