बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सम्पन्न भएको छ।

न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेले दायर गरेको निवेदनमाथि बुधबार सुनुवाइ टुंगिएको हो। सहकारी ठगी प्रकरणमा बिगो रकम बुझाई रिहा गर्न माग गर्दै उनले उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

advertisement

यसअघि रुपन्देही जिल्ला अदालतमा दायर गरिएको सोही निवेदन ‘मागअनुसार नहुने’ आदेशसहित खारेज भएपछि लामिछाने उच्च अदालत पुगेका हुन्।

अब केहीबेरमै उच्च अदालतले लामिछानेको निवेदनबारे आवश्यक आदेश जारी गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com