बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन पेश गराउन आदेश दिएको छ।
न्यायाधीश सागर विष्टको इजलासले बुधबार दिएको आदेशको जानकारी अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले दिएका छन्।
लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दायर गरेका थिए। यसअघि सोही निवेदन उनी रुपन्देही जिल्ला अदालतमा दायर गरेका थिए, तर जिल्ला अदालतले ‘मागअनुसार नहुने’ निर्णय सुनाएको थियो।
अब उच्च अदालतले कैफियत प्रतिवेदन पाउनेबित्तिकै मुद्दाको अर्को सुनुवाइ अघि बढ्ने भएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया