काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झालेका अनुसार बैठक ५ एजेण्डामा बसाइएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिसँगै पार्टीका गतिविधि, सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियान, पार्टी प्रशिक्षण कार्यक्रम, र संगठनसम्बन्धी गतिविधिबारे छलफल हुने भएको छ।
साथै, केन्द्रीय संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, प्रवास नेपाली सम्पर्क विभागको क्रियाशीलता, प्रदेश इन्चार्जको कार्यसम्पादन, र रूपन्देही ३ को उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन विधि पनि बैठकमा उठाइने छ।
बैठकले प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् र नगरपालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि लगायतका विषयमा विशेषज्ञलाई आव्हान गर्ने विषयमा पनि छलफल गर्ने प्रवक्ता मनिष झाले बताए।
त्यसैगरी, सासंद डा. चन्दा कार्कीको नेतृत्वमा गठित भिजिट–भिसा प्रकरणमा पीडितहरूको सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदन पनि सचिवालयले छलफलका लागि पाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया