काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोको माग अनुसार काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो।

साइबर ब्युरोमा दर्ता भएको उजुरीमा एक महिलाले महरविरुद्ध जाहेरी दिएकी थिइन्। यसै विषयमा अदालतले पक्राउ अनुमति जारी गरेको साइबर ब्युरोका अधिकारीले रातोपाटीलाई जानकारी दिएका छन्।

advertisement

जाहेरी दिनुअघि पनि उक्त महिलाले प्रहरीमा महरविरुद्ध उजुरी दिएकी थिइन्। ऐन महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य भएका हुन्।

बझाङ घर भएका महर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए, तर एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com