काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ।
विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा बुधबार जिल्ला अदालत काठमाडौँले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउपछि महरलाई थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाइरहेको छ।
साइबर ब्यूरो भोटाहिटीमा महरविरुद्ध चरित्रहत्या र गाली–बेइज्जतीसम्बन्धी उजुरी दर्ता भएको जनाइएको छ। पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान सुरू भएको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार











प्रतिक्रिया