काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उत्कृष्ट उदाहरण ऊर्जा, विशेषगरी जलविद्युत् क्षेत्र भएको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विगत दुई दशकदेखि एउटै नीति अवलम्बन गरिएकै कारण आज नेपाल लोडसेडिङमुक्त भएको र छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न सक्षम बनेको बताए।
उनका अनुसार, नदी प्रवाहमुखी आयोजनामार्फत विद्युत् उत्पादनमा प्रगति भए पनि हिउँद याममा आत्मनिर्भरता कायम गर्न जलाशययुक्त आयोजनामा जान अपरिहार्य छ। उनले भने, “नीतिगत निरन्तरता छैन भन्ने आरोप उठ्छ, तर ऊर्जा क्षेत्र भने अपवाद हो। करिब २० वर्षदेखि एउटै नीति निरन्तरता पाएको छ, जसको परिणाम देश लोडसेडिङमुक्त मात्र होइन, विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ।”
पुनले उत्पादित विद्युत् बिक्रीका लागि बजारको कुनै समस्या नभएको उल्लेख गर्दै आगामी दिनमा जलाशययुक्त आयोजना नै दीर्घकालीन समाधान हुने धारणा राखे।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया