काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व ऊर्जा र अर्थमन्त्री वर्षमान पुनले माओवादी नेतृत्वको सरकारले लिएको नीतिकै कारण आज नेपाल जलविद्युत क्षेत्रमा आत्मनिर्भर बन्न सफल भएको दाबी गरेका छन्।

बुधवार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा बोल्दै पुनले दुई दशकअघि दाहाल नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले लिएको नीतिगत निरन्तरताले जलविद्युत क्षेत्रमा ऐतिहासिक उपलब्धि दिलाएको बताए।

advertisement

उनले भने, “नेपालमा नीतिगत निरन्तरता छैन भन्ने आरोप प्रायः सुनिन्छ। तर ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जामा भने झन्डै २० वर्षदेखि एउटै नीति कायम छ। यही नीतिको परिणाम आज १८ घण्टासम्म लोडसेडिङ खेप्न बाध्य भएको देश पूर्ण रूपमा अन्धकारमुक्त बनेको हो।”

पुनका अनुसार नीतिगत निरन्तरताले मात्र उत्पादन बढाएको छैन, विद्युत निर्यात गर्ने वातावरण पनि तयार पारेको छ। हाल नेपालले भारत र बंगलादेशमा ऊर्जा पठाउन थालेको उल्लेख गर्दै उनले उत्पादित विद्युत बिक्रीका लागि बजारको कमी नहुने विश्वास दिलाए।

त्यस्तै, पुनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र मुलुकको बढ्दो माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजना आवश्यक रहेकोमा जोड दिए। हिउँदमा देखिने ऊर्जाको अभाव समाधान गर्न जलाशययुक्त परियोजनामा तत्काल अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com