मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गाजा पट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

ओएचसिएचआरका प्रवक्ता थमिन अल–खितानले इजरायली कब्जा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताए ।

advertisement

सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारहरूको हत्यासम्बन्धी प्रश्नको उत्तर दिंदै उनले भने, “हामीलाई थाहा छ कि पाँच पत्रकारमध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन् । यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो ।”

उनले भने, “सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन् । यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ ।”

अल–खितानले अस्पतालहरूलाई लक्षित गरेजस्तै पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको प्रस्ट पारे ।

साथै उनले इजरायली कब्जा अधिकारीहरूले यी घटनाहरूको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानहरूले परिणाम दिनैपर्छ, न्याय हुनुपर्छ’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताए ।

ओएचसिएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदमहरू नदेखेको र अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक नभएको तथ्य पनि उजागर गरे ।

  • एजेन्सी

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com