काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भएको दाबीसहित दायर गरिएको रिटमाथि सुनुवाइ भदौ १७ गतेका लागि तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले बुधबार तीनवटा सम्बन्धित फाइल माग गर्दै एक सातापछि मिति निर्धारण गरेको हो।
इजलासले नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसद् सचिवालयमा बुझाएको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र र पछि पुनः समर्थन गरेको पत्र दुवै झिकाउन आदेश गरेको छ।
यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चारवटा प्रश्न उठाउँदै विपक्षीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो।
त्यस्तै नाउपाका तर्फबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले पेस गरेको राजीनामापत्र र यसको आधिकारिकता सम्बन्धी कागजात पनि झिकाउन आदेश भएको छ।
साथै, नाउपाको वैधानिकता तथा पदाधिकारीसम्बन्धी विवादबारे आवश्यक विवरण निर्वाचन आयोगबाट माग्ने आदेशसमेत सर्वोच्चले जारी गरेको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया