एजेन्सी । फ्रान्समा गरिएको एक सर्वेक्षणले आधा बढी नागरिक नयाँ चुनाव गर्नुपर्ने पक्षमा देखिएको जनाएको छ । सर्वेक्षणको नतिजा अनुसार ६३ प्रतिशत नागरिकले वर्तमान संसद विघटन गरेर नयाँ चुनाव गरिनुपर्ने बताएका हुन् ।

सरकारको भविष्यलाई लिएर विभिन्न विश्लेषण भइरहेका बेला सार्वजनिक भएको सर्वेक्षणको नतिजाले सरकारको अस्थिरता थप बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

जनमतमा प्राप्त नतिजापछि अल्पमतमा परेको प्रधानमन्त्री फ्रान्कोइस बायरो नेतृत्वको सरकार अर्को महिना ढल्न सक्ने देखिएको समाचारमा जनाइएको छ । जनमत सर्वेक्षणमा सहभागी दुई तिहाइ नागरिकले राष्ट्रपति इमानुएल म्याक्रोंले राजीनामा दिनुपर्ने धारणा राखेको बताइएको छ ।

 

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com