काठमाडौं । प्रा.डा. गोविन्द केसीले आगामी भदौ १५ गते (आइतबार) देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
मेडिकल शिक्षा सुधारका लागि विगतदेखि निरन्तर सत्याग्रह र दबाबमूलक अभियान चलाउँदै आएका केसीले सरकारको पछिल्लो निर्णयलाई अस्वीकार गर्दै फेरि आन्दोलनमा उत्रिने तयारी गरेका हुन्।
हालै सरकारले निजी मेडिकल कलेजमा भर्ना सिट बढाउने निर्णय गरेको थियो। तर, सरकारी कलेजमा सिट बढाउनुपर्ने ठाउँमा निजी क्षेत्रलाई लाभ पुग्ने गरी निर्णय भएको भन्दै केसीलगायतका सरोकारवालाले आपत्ति जनाउँदै आएका छन्।
सरकारले उक्त निर्णय फिर्ता नलिएपछि केसीले सत्याग्रहमार्फत दबाब दिने तयारी गरेको बताएका हुन्।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया