काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया