एजेन्सी । किभमा गएराति भएको रुसी आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु भएको छ । युक्रेनको अभियोजन कार्यालयले यो जानकारी दिएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ जनाको मृत्यु भएको बताएका थिए ।
मृत्यु हुनेमा दुई बालबालिका पनि भएको युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राममा भनेका थिए । किभका मेयर भिटाली क्लिट्स्कोले चाहिँ भारी मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा ३८ जना घाइते भएको बताए ।
‘रुसले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले भनेका थिए । यसै बिचमा उनले रुसमाथि नयाँ र कडा प्रतिबन्ध लगाउने कुरा पनि उनले दोहोर्याएका छन् ।
बुधवार रुसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएपछि यो मिसाइल आक्रमण भएको हो । यस आक्रमणमा परेर एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया